मंगलबार, असार २४, २०८२

अफगानिस्तानमा सबै किसिमका आतङ्कवादी समूह प्रतिबन्धित

नेपालखोज २०८० फागुन ६ गते २०:०४

अफगानिस्तानको सरकारले देशमा कुनै पनि आतङ्कवादी समूहलाई गतिविधि गर्न अनुमति नदिने प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले उल्लेख गरेका छन् ।

म स्पष्ट रूपमा घोषणा गर्दछु – अफगानिस्तान सुरक्षित छ । यहाँ जिम्मेवार सरकार छ । सरकार अफगानिस्तानमा यस किसमका कुनै पनि बाहिरी समूहलाई गतिविधि सञ्चालन गर्न वा अफगानिस्तानमा उपस्थित हुन अनुमति दिंदैन, स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले मुजाहिदलाई उद्धृत गर्दै आइतबार यसबारे बताएको छ ।

युद्धग्रस्त अफगानिस्तानमा अल(कायदा नेटवर्क र इस्लामिक स्टेट सङ्गठन सहित २० वटाभन्दा बढी आतङ्कवादी समूहको उपस्थितिको रहेको बताइएका बेला उनको सो धारणा सार्वजनिक भएको हो ।

प्रतिक्रिया