बिहीबार, वैशाख २०, २०८१

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपालखोज २०८० फागुन १३ गते १०:०९

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेदरल्याण्ड्सले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल ९:३० बजे सुरु हुनेछ ।

नेपाली टिममा दुई परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन् ।

प्रतिक्रिया