बिहीबार, वैशाख ६, २०८१

विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश

नेपालखोज २०८० फागुन १४ गते १५:०८

काठमाडौं । ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८०’ सङ्घीय संसद्, राष्ट्रियसभा समक्ष पेश गरिएको छ । सभाको आजको बैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेश गर्दै सभालाई यसबारे जानकारी गराएका थिए ।

सभामा सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ बैठक सम्पन्न भएको जानकारी दिए । त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गरेका थिए ।

सभामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए ।

प्रतिक्रिया