आइतबार, वैशाख १६, २०८१

सुनचाँदीको मूल्य स्थिर

नेपालखोज २०८० फागुन २१ गते ११:२६

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको मूल्यमा एकैपटक २ हजार रुपैयाँले बढेर आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि आज सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया