आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । पाँचथरको तुम्बेवा गाउँपालिका–१ स्थित लखुवा खोला छेउको भिरमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही गाउँपालिका–१ रातोमाटे बस्ने पार्थ बहादुर बुढाथोकी र सहर सिंह तामाङको ३ वटा गुवालीमा आगलागी हुँदा घर र गुवाली पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रूपन्देहीको मायादेवी गाउँपालिका–४ मोतिपुर बस्ने बिरेन्द्र धोबीको कच्ची घरमा सोमबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–११ सुनौलो मार्ग बस्ने ३५ वर्षीय भुवन भुजेलको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित खरबारीमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ३५ वर्षीय कबिराज विक समेत २ जनाको २ वटा घरमा आगलागी हुँदा दुबै घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया