शनिबार, वैशाख १३, २०८२

नक्कली नोटसहित दुई जना पक्राउ

नेपालखोज २०८० फागुन २३ गते १२:३९

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली जस्तो देखिने थाईभाट १ हजार दरको १४ थान नोटसहित पाकिस्तान कराची घर भएका ३४ वर्षीय शेरदाज खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट जस्तो देखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

बाराको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरबाट नेपाली १ हजार दरका ८ थान नक्कली नोटसहित महागढीमाई नगरपालिका–९ कञ्चनपुर बस्ने ३५ वर्षीय राम बिनय सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया