मंगलबार, असार ५, २०८१

महिला सशक्तीकरणमा जोड

नेपालखोज २०८० फागुन २३ गते १५:०६

गण्डकी । महिलाका हकअधिकार सुनिश्चितताका लागि महिला सशक्तीकरण अपरिहार्य भएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कास्की र युएसएआइडी जल जङ्गल परियोजनाल संयुक्तरुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले महिला सशक्तीकरणको खाँचो औँल्याएका हुन् ।

‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ नाराका साथ आयोजित कार्यक्रममा महिलासम्बन्धी संवैधानिक अधिकार अक्षरश : कार्यान्वयन गर्न तीनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा सहभागीको जोड थियो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य अञ्जला चौधरीले दोस्रो प्रदेश पञ्चवर्षीय योजनामा महिला हकअधिकारको सुनिश्चििततालाई प्राथमिकतामा राख्ने तयारी भइरहेको जानकारी दिए ।

प्रदेशका ११ वटै जिल्लाका ८५ पालिकाकामा छलफल कार्यक्रमबाट प्राप्त सुझावका आधारमा महिला सशक्तीकरणमा जोड् दिइने बताउँदै उनले प्राप्त अधिकारको उपयोग गर्दै थप अधिकारका लागि महिला सङ्गठित भएर लाग्नु पर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया