शनिबार, वैशाख १५, २०८१

१३ अंकले बढ्दा तीन अर्ब १९ करोडको सेयर किनबेच

नेपालखोज २०८० फागुन २४ गते १५:१९

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन नौं दशमलव ३३ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार १३ दशमलव ५१ अंकले बढेर दुई हजार ३० दशमलव ५५ अंकमा पुगेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९० अंकले बढेर तीन सय ६० दशमलव २७ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको ४७ हजार छ सय ९९ पटकको कारोबारमा ८९ लाख २९ हजार एक सय ५२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार आठ सय २० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा होटल तथा पर्यटन समुहको सुचक ज्ञ२ दशमलव ८९ अंकले घटेर पाँच हजार एक सय ५३ दशमलव ५१ अंकमा झरेकोमा सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सुचक पनि क्रमशः शुन्य दशमलव १४ र सात दशमलव २६ अंकले घटेका छन् ।

वाणिज्य बैंक समुहको सुचक भने पाँच दशमलव ९६ अंकले बढेर एक हजार ८८ दशमलव ३४ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुुचक पनि २९ दशमलव ६३ अंकले बढेर तीन हजार नौं सय ३२ दशमलव ६७ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि पाँच दशमलव शुन्य एक अंकले बढेर १८ सय १९ दशमलव ६४ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि २९ दशमलव २२ अंकले बढेर २५ सय ७० दशमलव ५८ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ४७ अंकले बढेर एक हजार ५८ दशमलव १६ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ६३ दशमलव १८ अंकले बढेर १० हजार पाँच सय ९३ दशमलव १६ अंकमा पुगेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि क्रमशः शुन्य दशमलव ३४, ११ दशलव शुन्य आठ, २९ दशमलव शुन्य तीन र ११ दशमलव ८२ अंकले बढेका छन् ।

नेप्सेमा आज पिपुल्स हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन सय ४९ रुपैंयाँ ८० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा एनआईसी एशिया ग्रोथ फण्ड २ को प्रतियुनिट सेयर मुल्य छ दशमलव २१ प्रतिशतले घटेर आठ रुपैंयाँ १६ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ । यसैगरी नेपाल पुर्नबीमा कम्पनीको संस्थापक सेयरतर्फ भने प्रतिकित्ता एक सय रुपैंयाँ अन्तिम मुल्यमा ५६ करोड २० लाख रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज कारोबार भएको मध्ये रकम कारोबारको आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया