राष्ट्रियसभाका अध्यक्षका उम्मेदवार शर्मा र दाहालको प्रस्ताव प्रस्तुत

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको छ ।
सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद दाहालका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव प्रस्तुत गरेका हुन् । सांसद अछामीले सामाजिक न्याय र समृद्ध मुलुकको अपेक्षा पूरा गर्न वामपन्थी र नयाँ शक्तिहरूबीचको गठबन्धन बनेकाले यस गठबन्धनको समर्थनमा दाहाललाई विजयी गराउन आग्रह गरे ।
सांसद दाहालको उम्मेदवारीको प्रस्तावको समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका छन् ।
विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माका प्रस्तावक नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले शर्मालाई उनलाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिसकेका छन् । अध्यक्षका प्रत्याशी शर्माको समर्थकमा सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह हुन् ।
राष्ट्रियसभा अध्यक्षका उम्मेदवार शर्माको प्रस्ताव प्रस्तुत
राष्ट्रियसभा अध्यक्ष निर्वाचन प्रयोजनका लागि माथिल्लोसभाको आजको बैठकमा उम्मेदवारका प्रस्तावकबाट प्रस्ताव प्रस्तुत भएको छ ।
सो पदको निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता साझेदार दलका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवार शर्माको प्रस्तावक नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै शर्मा लोकतन्त्र र विकासका लागि समर्पित र योग्य भएको बताए ।
सांसद ढुङ्गानाले सत्ता गठबन्धन चाँडो परिवर्तन गर्ने खालको अस्थिरता अन्त्यका लागि आफूहरुले गत निर्वाचनमा गठबन्धन गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेश विपरीत काम गरेको आरोप लगाए । उक्त प्रस्तावमा समर्थकले बोल्ने क्रम सकिएपछि अर्का उम्मेदवार दाहालको प्रस्तावक र समर्थकले बोलेपछि निर्वाचन हुने छ ।
प्रतिक्रिया