शनिबार, वैशाख १५, २०८१

झण्डै २८ अंकले घट्दा तीन अर्ब ९४ करोडको सेयर किनबेच

नेपालखोज २०८० चैत १ गते १५:३०

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन दुई दशमलव ४८ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन २७ दशमलव ८४ अंकले घटेर दुई हजार ८० दशमलव ८७ अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८३ अंकले घटेर तीन सय ६९ दशमलव ८१ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय तीन वटा कम्पनीहरुको ६६ हजार एक सय सात पटकको कारोबारमा एक करोड १४ लाख ७३ हजार छ सय १७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ९४ करोड ३५ लाख ९२ हजार तीन सय दुई रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समुहको सुचक १२ दशमलव ९३ अंकले घटेर ११ सय १६ दशमलव ४४ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ५४ दशमलव ६९ अंकले घटेर चार हजार २१ दशमलव ५३ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि २० दशमलव ९६ अंकले घटेर १९ सय १० दशमलव शुन्य तीन अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १६ दशमलव १४ अंकले घटेर २५ सय ४८ दशमलव ६४ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय ८६ दशमलव ९९ अंकले घटेर १० हजार पाँच सय ३७ दशमलव ८७ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ८८ दशमलव १९ अंकले घटेर १० हजार आठ सय २४ दशमलव ४२ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ४७ दशमलव शुन्य एक, एक दशमलव शुन्य छ, ७५ दशमलव ४५, ८२ दशमलव ५१, शुन्य दशमलव शुन्य नौं, १६ दशमलव ४० र २० दशमलव ८५ अंकले घटेका छन् ।

नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर ११ सय ५६ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य छ दशमलव शुन्य दुई प्रतिशतले घटेर नौं सय ६६ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

अपर तामाकोशी हाईड्रोपावर कम्पनीको भने आज प्रतिकित्ता एक सय ८७ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा ५० करोड ८९ लाख आठ हजार ९९ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज कारोबार भएका कम्पनीहरु मध्येमा रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया