सोमबार, वैशाख २४, २०८१

सुनको मूल्य दुई हजार छ सयले बढ्यो

नेपालखोज २०८० चैत ८ गते ११:४६

काठमाडौं । स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला एक लाख २७ हजार आठ सय तोकिएको छ ।

यस्तै तेजाबी सुन बुधबार प्रति तोला एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रति तोलामा ३५ ले वृद्धि भएको छ । बुधबार प्रति तोला एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ ।

प्रतिक्रिया