शनिबार, वैशाख १५, २०८१

दक्षिण अफ्रिकामा संसदीय निर्वाचनका लागि १४ हजारभन्दा बढी उम्मेदवार मैदानमा

नेपालखोज २०८० चैत १४ गते १४:२४

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा मे २९ मा हुने नेसनल एसेम्ब्ली र नौ वटा प्रान्तीय व्यवस्थापिकाको लागि हुने ८८७ सीटमा प्रतिस्पर्धाका लागि १४ हजार ६६२ उम्मेदवारहरूले नामावली दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पेस गरेको उम्मेदवारको सूची आयोगले मङ्गलबार सार्वजनिक गरेको होे । निर्वाचनका लागि सबैभन्दा ठूलो मतपत्रमा ५६ जना उम्मेदवारहरूको नामावली रहने र राष्ट्रिय सभामा क्षतिपूरक सिटहरू–मिश्रित–सदस्य आनुपातिक सीटहरूका लागि तय गरिएको आयोगले जनाएको छ ।

दक्षिण अफ्रिकामा कुनै अपराधमा दोषी ठहरिएको र जरिवानाको विकल्पबिना १२ महिनाभन्दा बढी जेल सजाय भएको व्यक्तिले चुनाव लड्न नपाउने कानुनी व्यवस्था छ । यसैगरी आइइसीले चुनाव लड्ने उम्मेद्वारहरूको अन्तिम सूची अप्रिल १० मा प्रकाशित हुने जनाएको छ ।

प्रतिक्रिया