शनिबार, वैशाख १५, २०८१

बाल्टिमोरको पुल भत्किँदा वेपत्ता थप व्यक्ति जीवित पाइने आशा क्षीण

नेपालखोज २०८० चैत १४ गते १५:३०

वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा वेपत्ता भएका छ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

दुर्घटना भएको १२ घण्टाभन्दा बढी भइसकेकोले वेपत्ता निर्माण श्रमिक पानीमा जीवित पाउने सम्भावना क्षीण रहेको भन्दै अमेरिकी सामुद्रिक सुरक्षा गार्डले खोजी र उद्धार कार्य स्थगित गरेको छ ।

पानीको तापक्रम अधिक चिसो रहेको र खराब सामुद्रिक मौसमबिचमा बेपत्ता व्यक्तिहरू जीवित भेटिने सम्भावना नरहेको रियर एडमिरल श्यानन गिलरेथले पत्रकार सम्मेलनमा बताए ।

क्षतिग्रस्त २.६ किलोमिटर लामो इन्टरस्टेट–६९५ पुलमा पानीजहाजको सिङ्गापुरको ध्वजाबाहक कन्टेनर जहाजले ठक्कर दिएपछि पुल मर्मतमा खटिएका करिब २० कामदार पानीमा फसेको प्रारम्भिक अनुमानमा गरिएको थियो ।

स्रोतका अनुसार दुर्घटनामा परि बेपत्ता भएका सबै व्यक्तिहरू सडक मर्मत सम्भारमा खटिएका कामदारहरू थिए ।

पाटापस्को नदीबाट यसअघि अन्य दुई जनालाई उद्धार गरिएको थियो, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

उक्त पुल सन् १९७७ मा यातायात सहजताको लागि निर्माण गरिएको र प्रत्येक वर्ष लगभग एक करोड १५ लाख सवारी साधनहरू यस पुलबाट आवतजावत गर्ने गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया