सोमबार, वैशाख १७, २०८१

स्थिर सुनचाँदीको मूल्य

नेपालखोज २०८० चैत १८ गते ११:२३

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । अघिल्लो साता बुधबारयता लगातार बढिरहेको सुनचाँदीको मूल्यमा आइतबार कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २९ हजार चारसय रूपैयाँ कायम छ।

सुन गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । अघिल्लो साता सुनको मूल्य लगातार दुई दिन बिहीबार र शुक्रबार कीर्तिमानी बिन्दुमा पुगेको थियो । यो साताको पहिलो दिन आइतबार भने सुनको मूल्य उच्च बिन्दुमै स्थिर रहेको हो। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार पाँचसय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया