सोमबार, जेठ ७, २०८१

सुन तोलामा आठ सयले घट्यो

नेपालखोज २०८१ वैशाख २७ गते ११:३०

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ३५ हजार छ सय निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन बुधबार तोलामा एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ । बुधबार तोलामा एक हजार छ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि एक हजार छ सय ८५ निर्धारण भएको छ ।

प्रतिक्रिया