राष्ट्रपतिले आर्थिकविज्ञ डा. नेपालको राजिनामा स्वीकृत
नेपालखोज
२०८१ वैशाख ३० गते ११:२६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिएको राजिनामा स्वीस्कृत गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारीगरी डा. नेपालले दिएका राजिनामा राष्ट्रपतिले स्वीस्कृत गरेका जानकारी दिएका हुन् ।
‘राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिएका राजिनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गरेका छन् । साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्याएका सेवाका लागि धन्यवादसमेत दिएका छन्’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया