रुसले युक्रेनमा आक्रमण बढाउँदा ५,७०० लाई सुरक्षित स्थानमा सारियो

खार्किभ (रूस) । युक्रेनमा तनाव बढ्दै जाँदा रुसले खार्किभ क्षेत्रमा आफ्नो स्थल आक्रमण विस्तार गरेको छ । मोर्चालाई फराकिलो बनाउने र युक्रेनको रक्षा फौजलाई दबाब दिने प्रयासमा नयाँ क्षेत्रहरूलाई लक्षित गरी रुसले आक्रमण गरेको अल जजिराले यस क्षेत्रका गभर्नरलाई उद्धृत गर्दै बताएको छ ।
गभर्नर ओलेह सिनिहुबोभले सोमबार टेलिभिजनमा भने, ‘दुश्मनले जानाजानी यसलाई विस्तार गर्ने उदेश्यले सानो समूहमा नयाँ दिशामा आक्रमण गर्ने प्रयास गरिरहेको छ ।’
परिस्थितिको गम्भीरतालाई वर्णन गर्दै उनले लगभग पाँच हजार सात सय व्यक्तिलाई भोभचान्स्क र वरपरका क्षेत्रहरूबाट निकालिएको तथा बाँकी तीन सयलाई तुरुन्तै निस्कल आग्रह गरिएको बताए ।
रूसी सेनाले शुक्रबार खार्किभ सहर नजिकै युक्रेनको सीमा उल्लङ्घन गरेपछि सुरु गरेपछि घुसपैठ सुरु भयो । रुसी सेनाले दुई वर्षदेखि मुख्यरूपमा पूर्व र दक्षिणमा फैलिएको अर्को द्वन्द्वमा उत्तरपूर्वी मोर्चा स्थापना गर्यो । अल जजिराका अनुसार यो रणनीतिक कदमले सम्भावितरूपमा युक्रेनी सेनालाई रुस अघि बढिरहेको पूर्वी क्षेत्रहरूबाट हटाउन सक्छ ।
बढ्दो सङ्कटको प्रतिक्रियामा युक्रेनले ब्रिगेडियर जनरल मिखाइलो द्रापातीलाई खार्किव मोर्चामा अपरेसनको नेतृत्व गर्न नियुक्त गरेको मिडिया आउटलेट आरबीसी–युक्रेनले जनाएको छ ।
रुसी सेनालाई रोक्न सफल भए पनि युक्रेनले बढ्दो जोखिमको सामना गरिरहेको बताउँदै गभर्नर सिनिहुबोभले द्वन्द्वले नयाँ बस्तीहरूलाई समेट्ने खतरा रहेको चेतावनी दिए ।
यसैबीच रुुसको रक्षा मन्त्रालयले सेनाले लिप्टसी र भोभचान्स्क जस्ता सीमावर्ती गाउँहरूमा रणनीतिक स्थितिमा सुधार गर्न युक्रेनीे जनशक्तिलाई प्रहार गरेको बताएको छ ।
प्रतिक्रिया