शनिबार, असार २१, २०८२

रुसदेखि डराए युक्रेनी राष्ट्रपति, आफ्ना सेनाको मनोबल कमजोर भएको स्वीकार

नेपालखोज २०८१ जेठ ६ गते १२:११

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने आशंका व्यक्त गरेका छन्।

बीबीसीका अनुसार जेलेन्स्कीले खार्किभ नजिकका क्षेत्रहरूमा हालैको सफलतापछि रुसले यो कदम चाल्ने दाबी गरेका हुन्। रुसी सेनाले युक्रेनको मोर्चालाई कमजोर बनाउने प्रयास गरिरहेको छ।

जेलेन्स्कीले युक्रेनी सेनाको मनोबल कमजोर भएको र केही एकाइ पूर्ण रूपमा खाली भएको स्वीकार गरेका छन्। जेलेन्स्की भन्छन्- युक्रेनसँग हाल सुरक्षाका लागि चाहिने हतियारमा २५ प्रतिशत मात्र छन्।

अमेरिकाले भर्खरै युक्रेनलाई ६१ अर्ब रुपैयाँको सहायता प्याकेज घोषणा गरेको छ, जसमा सैन्य सहायता पनि समावेश छ । पछिल्ला केही दिनमा रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभको उत्तरपूर्वी क्षेत्रका धेरै गाउँ कब्जा गरेको दाबी गरेको छ।

खार्किभका गभर्नरले पछिल्लो एक सातामा करिब १० हजार मानिसले खार्किभ छाड्नुपरेको बताएका छन् । तर गभर्नरले युक्रेनी सेनाले स्थिति नियन्त्रणमा राखेको दाबी पनि गरेका छन् । तर जेलेन्स्की भन्छन्- युक्रेनलाई मोर्चामा थप सैनिक चाहिन्छ।

प्रतिक्रिया