मंगलबार, असार २४, २०८२

कुनै ‘इफ-बट’ छैन, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल

नेपालखोज २०८१ जेठ ६ गते १५:३२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिनेमा कुनै शंका नरहेको बताएका छन् । आइतबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो उल्लेख गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ । हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन । कसैले शङ्कारउपशङ्का नगरे हुन्छ, कुनै इफ, कुनै बट छैन । विथआउट रिजर्भेसन हामी मत दिनेछौँ,’ उनले भने ।

उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको पनि स्मरण गराए। त्यस्तै पूर्वको कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको उनले बताए ।

सबैलाई मिलाएर समेटेर जान सकिन्छ किन भनेर आफूहरूले प्रयासरत रहेको उनको भनाइ छ ।

प्रतिक्रिया