मंगलबार, असार २४, २०८२

सहकारी ठगलाई कारबाही गर भन्दै संसद्‌मा अवरोध

नेपालखोज २०८१ जेठ ७ गते ०:१२

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिनुअघि कांग्रेसले संसद अवरोध गर्दै सो माग गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको भए पनि कांग्रेसले संसद बैठक अवरुद्ध पारेसँगै अनिश्चित भएको हो ।

प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरुद्ध नगर्न आग्रह गरे । तर कांग्रेस सांसदहरूले बैठक अवरुद्ध पारे ।

कांग्रेसले रविमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक सुचारु हुन नदिने अडान लिएको छ । बैठक १५ मिनेट लागि स्थगित भएको छ ।

प्रतिक्रिया