मंगलबार, असार २४, २०८२

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपालखोज २०८१ जेठ ७ गते १३:३८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नाराबाजीका बीच विश्वासको मत लिएपछि कांग्रेसले आजै अपराहन्न साढे १ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बताइएको छ । कांग्रेसले संसदीय दलको बैठकपछि पत्रकार सम्मेलन समेत गर्ने जनाएको छ । पत्रकार सम्मेलन प्रमुख सचेतक रमेश लेखकले गर्ने बताइएको छ ।

प्रतिक्रिया