मंगलबार, वैशाख १६, २०८२

घट्यो सुनको मूल्य

नेपालखोज २०८१ जेठ ८ गते ११:३३

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा एक हजार दुई सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ५५ ले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ८५ छ ।

प्रतिक्रिया