मंगलबार, असार १२, २०८१

आज विदेशी मुद्राको बिक्री विनिमय दर

नेपालखोज २०८१ जेठ ९ गते ८:३०

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ र बिक्रीमा १३३ रुपैयाँ ६० पैसा तोकिएको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ५० पैसा र बिक्री मूल्य १४५ रुपैयाँ १६ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ७४ पैसा र बिक्रीमा ८९ रुपैयाँ १४ पैसा पर्नेछ ।

त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ५५ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३८ पैसा र बिक्रीमा १८ रुपैयाँ ४६ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६२ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

प्रतिक्रिया