बुधबार, जेठ १, २०८२

तराई मधेसका नागरिकलाई लूबाट जोगाउन गृहमन्त्रालयको निर्देशन

नेपालखोज २०८१ जेठ ९ गते ९:२९

काठमाडौं । तातो हावाको लहर (लू) बाट तराई मधेशका नागरिकलाई जोगाउन गृहमन्त्रालयले सरोकारवाला निकायलाई निर्देशन दिएको छ । गृहमन्त्रालयले निर्देशन जारी गर्दै जिल्ला प्रशासन तथा अन्य निकायलाई परिपत्र गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन भनेको हो । सहसचिव भरतमणि पाण्डेका अनुसार गर्मी हुने जिल्लाका लागि परिपत्र पठाइएको हो ।

परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्फत प्रकाशन र प्रसारण गर्न, उपयुक्त सन्देशको उत्पादन र प्रसारणमा स्थानीय एफएम र टेलिभिजनसँग सहकार्य गर्न, रेडियो, टेलिभिजनको सामाजिक सञ्जाल वा अनलाइनमार्फत पनि प्रचारप्रसारमा जोड दिन सुझाव दिइएको छ ।

प्रतिक्रिया