आइतबार, असार ३, २०८१

कोलकाता फाइनलमा प्रवेश

नेपालखोज २०८१ जेठ ९ गते १०:३०

काठमाडौं । कोलकाता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ ।

मंगलबार राति सम्पन्न आईपीएलको पहिलो क्वालिफायरमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

सनराइजर्सले दिएको १६० रनको लक्ष्य पछाएको कोलकाताले १३.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।यसअघि सनराइजर्सले १९.३ ओभरमा अलआउट हुँदै १५९ रन बनाएको थियो ।

योसहित कोलकाता चौथो पटक आईपीएलको फाइनलमा पुगेको छ । यस अघि २०१२ / २०१४ मा उपाधि जितेको कोलकाता २०२१ मा उपविजेता बनेको थियो ।

यस खेलमा हार बेहोरेको सनराइजर्स हैदरावादले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ । अब इलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा सनराइजर्ससँग खेल्ने छ । इलिमिनेटरमा बुधबार रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्स खेल्दै छन् ।

प्रतिक्रिया