आइतबार, असार ३, २०८१

घट्यो सुनचाँदीको मूल्य

नेपालखोज २०८१ जेठ १० गते ११:३९

काठमाडौं । आज बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा तोलामा १ हजार ८०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० थियो । आज घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । हिजो तोलामा १९ सय कायम रहेको चाँदी आज १८ सय ६५ रुपैयाँ कायम छ ।

प्रतिक्रिया