मंगलबार, असोज १, २०८१

रविलाई मुकुलको तीन प्रश्न

नेपालखोज २०८१ साउन ३१ गते १३:५६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जबाफ दिएका छन् । पार्टीले साउन ३० गते सोधेको स्पष्टीकरणको जवाफ दिँदै ढकालले उल्टै प्रतिप्रश्नहरू गर्दै लामिछानेमाथि आफूले उठाएका प्रश्नहरू सत्यमा आधारित रहेको जिकिर गरेका छन् ।

ढकालले नैतिक धरातलमा उभिएको पुष्टि गर्न पार्टी सभापति रवि लामिछानेलाई चुनौतीसमेत दिएका छन् ।

रविलाई मुकुलले तीन बुँदामा विभिन्न विषयमाथि प्रश्न गरेका छन् । यस्ता छन् उनले उठाएका ३ प्रश्न ?

१० सहकारी ठगी मुद्दामा तपाई माथि पाटीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने रु तपाईंले आजको दिन सम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पाटी र आम नेपाली जनतालाई पटक पटक ढाँट्नु भएको छ। म स्वयंले पनि तपाईंको ढाँटलाई सत्य मानेर बसिरहेको थिए तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईंमाथि सहकारी ठगीसम्बन्धी छानविन हुनुपर्ने फैसला गरिसकेको छ । सर्वोच्च अदालतको फैसलालाई तपाईं मान्ने कि नमान्ने फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने देशमा सुशासन व्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफू माथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानविनका लागी तयार हुने आँट छ रवि लामिछाने ज्यू ?

२० तपाईले दुई वटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको छ। आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गर्नु भयो, घाम झै छर्लङ्ग यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने ने छ। विद्यमान ऐन कानुन अनुसार तपाई मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नु हुन्छ। तपाईंले विगतमा गरेको अपराधका लागी पार्टी बलि चढ्नु पर्नेरु आँट छ भने, आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस्। आँट छ रवि लामिछाने ज्यू ?

३० नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईंले गृह मन्त्रालय समाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नु भयो, जनता र पार्टीका साथीहरूलाई स्पष्ट पार्नुहोस्। का.स.मु.मा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखेल गर्नु भयो, त्यो भ्रष्ट्राचारको सङ्केत होइन आँट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पाटीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नो हितैषीहरूको बैंकस्टेटमेन्ट सार्वजनिक गर्नुहोस्। आँट छ ? रवि लामिछाने ज्यू ?

प्रतिक्रिया