युवा बेरोजगारी १५ वर्षकै न्यून बिन्दुमा

संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले आफ्नो नयाँ प्रतिवेदनमा गत वर्ष युवा बेरोजगारी दर १५ वर्ष यताकै न्यून विन्दुमा पुगेको जानकारी दिएको छ । सरसर्ती हेर्ने हो भने यो संसारका लागि निकै खुसीको खबर हो तर यसका बाबजुद पनि युवाहरुको चिन्ता भने कम भएको छैन ।
बेरोजगारी घट्नुको अर्थ पहिलेभन्दा धेरै मानिसले रोजगारी पाइरहेका छन्, जुन आर्थिक विकासको दृष्टिकोणले निकै राम्रो हो । तर युवा रोजगारीसँग सम्बन्धित अन्य धेरै विषयहरू छन् जसलाई गम्भीरतापूर्वक विचार गर्न आवश्यक छ।
‘ग्लोबल इम्प्लायमेन्ट ट्रेंड्स फर यूथ ( २०२४’ शीर्षकको यो प्रतिवेदन अनुसार महामारीअघि सन् २०१९ मा युवा बेरोजगारी दर १३.८ प्रतिशत रहेकोमा यो वर्ष २०२३ मा १३ प्रतिशतमा झरेको छ । यससँगै सन् २०२४–२०२५ मा यो दर १२.८ प्रतिशतमा सीमित हुने अपेक्षा गरिएको छ ।
प्रतिवेदन अनुसार विगत चार वर्षमा युवाहरूको विश्वव्यापी श्रम बजारमा सुधार आएको छ र यो सुधारको प्रवृत्ति आगामी दुई वर्षसम्म जारी रहने अपेक्षा गरिएको छ ।
सतहमा हेर्दा युवाहरूमा घट्दो बेरोजगारीको यो तथ्यांकले निकै रोमाञ्चक चित्र प्रस्तुत गर्छ तर अझै पनि धेरै विषयहरू छन् जसलाई गम्भीरतापूर्वक विचार गर्न आवश्यक छ। उदाहरणका लागि विश्वमा युवा बेरोजगारी दरमा कमी आएको छ यद्यपि ६ करोड ५० लाख युवा आफ्ना लागि जागिर खोज्न अझै असफल छन् ।
तथ्यांक अनुसार २०२३ मा युवा महिला र पुरुष दुवैको बेरोजगारी दर लगभग उस्तै थियो। उल्लेखनीय छ युवा महिलाहरुमा बेरोजगारी दर १२.९ प्रतिशत छ भने पुरुषहरुमा यो संख्या १३ प्रतिशत रहेको छ । महामारी अघि युवा पुरुषहरूको बेरोजगारी दर निकै उच्च थियो।

प्रतिक्रिया