ग्रीसमा विनाशकारी आगलागी

ग्रीसको जङ्गलमा लागेको आगोले एथेन्सको उत्तरी क्षेत्रमा ठुलो क्षति पुयाईरहेको छ । आगलागीका कारण वन, घर, विद्यालय, रङ्गशाला लगायत धेरै कलकारखाना जलेर खरानी भएका छन् । ग्रीसको ऐतिहासिक सहर म्याराथनका मेयर स्टर्जियोस सिरकासका अनुसार सहरको करिब ३० प्रतिशत भाग जलेर खरानी भैसकेकोछ । आगोले करिब १० हजार हेक्टर (२४ हजार ७११ एकड) जमिन जलेको छ ।
ग्रीसको जङ्गलमा आगलागीको सम्भावना पहिल्यै अनुमान गरिएको थियो । यो महिनामा त्यहाँ दुई वटा ठुला आगलागीका घटना दर्ता भएका छन् । यद्यपि सरकारले यसतर्फ खासै ध्यान दिएको छैन । ग्रीक इन्स्टिच्युट फर अल्टरनेटिभ पॉलिसीजको अनुमान अनुसार ग्रीक सरकारले ईयु (EU ) को रिकभरी कोषको एक प्रतिशत मात्र आगो नियन्त्रण र सुरक्षा उपायहरूमा खर्च गरेको छ।
आगलागीको मुख्य कारण खडेरी, ढिलो वर्षा र गर्मी रहेको बताइएको छ । जनशक्तिको अभाव, दुर्गम क्षेत्र तथन साँघुरा सडकका कारण त्यहाँ आगो निभाउन समस्या भइरहेको छ ।
प्रतिक्रिया