बुधबार, जेठ १, २०८२

पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध

नेपालखोज २०८१ भदौ १ गते ८:१५

काठमाडाैं । अरनिको राजमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो जाँदा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा सडक अवरुद्ध भएको हो ।

उक्त सडकखण्डमा आज बिहानदेखि पहिरो खस्दा करिब ५० मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको उनले बताए ।

प्रतिक्रिया