सोमबार, मंसिर २९, २०८२

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित क्षेत्रमा

नेपालखोज २०८१ भदौ १ गते १०:०८

काठमाडौं । रक्षामन्त्री नेतृत्वको टोली सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रमा पुगेको छ ।

त्यहाँको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको हाे ।

थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्याएको छ । बाढीबाट निजी भवन, होटेल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ ।

रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिए ।

बाढीले प्रभावित बस्तीभन्दा केही तल रहेको पक्की पुलमा क्षति पुर्याएको छ । प्रभावित स्थान थ्री पास जाने मार्गमा रहेको पर्यटकीय क्षेत्र हो । त्यसक्षेत्रमा चौँरीपालन र होटल व्यवसाय हुँदै आएको छ ।

प्रतिक्रिया