मंगलबार, वैशाख १६, २०८२

युवाहरुमा सोडा र इनर्जी ड्रिंक्सको खपत बढयो

नेपालखोज २०८१ भदौ २ गते १०:२३

सफ्ट ड्रिंक्स जस्ता चिनी युक्त मीठा पेयपदार्थ स्वादिला ​​हुन सक्छन तर ती मिठो विषभन्दा कम हुँदैनन् । यद्यपि, स्वास्थ्यमा अनगिन्ती प्रतिकूल प्रभावहरूका बावजुद यीनको खपत विश्वव्यापी रूपमा बढिरहेको छ।

संसारभरका बालबालिका तथा किशोरकिशोरीहरूमा सोडा, सफ्ट ड्रिंक्स, इनर्जी ड्रिंक्स र स्पोर्ट्स ड्रिंक्सजस्ता मीठो पेय पदार्थको खपत बढ्दै गएकाले यसले आफैंमा ठूलो समस्या निम्त्याइरहेको छ । १८५ देशका बालबालिका तथा किशोरकिशोरीमाथि गरिएको नयाँ अध्ययनले पछिल्ला २८ वर्षमा बालबालिका एवं किशोरकिशोरीमा यी चिनीयुक्त पेय पदार्थको खपत २३ प्रतिशतले बढेको देखाएको छ । यो तथ्याङ्क बालबालिकाहरू कुनै न कुनै रूपमा यो मीठो विषको सिकार भइरहेको प्रमाण हो।

यो अध्ययन सन् १९९० देखि २०१८ सम्मको तथ्यांकको विश्लेषणमा आधारित छ । अध्ययन अनुसार विश्वका १० प्रतिशत युवाले एक हप्तामा सात वटा वा त्यस भन्दा बढी पेय पदार्थ सेवन गर्ने गरेका छन । टफ्ट्स विश्वविद्यालयका शोधकर्ताहरूले गरेको यो अध्ययनको नतिजा ब्रिटिश मेडिकल जर्नल (बीएमजे) मा प्रकाशित गरिएको छ।

प्रतिक्रिया