३४ अंकले खुम्चियो शेयर बजार, २८ अर्ब ८३ करोडको शेयर खरिद–बिक्री

काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ३४ दशमलव ४७ अंकले खुम्चिएर २९ सय ६६ दशमलव ३३ अंकमा सिमित भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज छ दशमलव ६५ अंकले खुम्चिएर पाँच सय २८ दशमलव ८५ अंकमा सिमित भएको छ ।
धितोपत्र बजारमा तीन सय ३० वटा कम्पनीहरुको तीन लाख नौं हजार १८ पटक शेयर किनबेच भएको छ । जसबाट छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दशमलव १८ अंकले बढेर १६ सय ९९ दशमलव १२ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि एक दशमलव ६७ अंकले बढेर १४ हजार सात सय १६ दशमलव २५ अंकमा पुग्ग्न सफल भएको छ ।
निर्जीवन बीमा र सामुहिक लगानी कोष समुहको सुचक पनि आज बढेका छन् । बिकास बैंैक समुहको सुचक एक सय २९ दशमलव ८८ अंकले घटेर पाँच हजार छ सय ३२ दशमलव ९७ अंकमा खुम्चिंदा फाईनान्स समुहको सुचक पनि एक सय सात दशमलव ४५ अंकले घटेर ३७ सय ४१ दशमलव २६ अंकमा खुम्चिएको छ । यि बाहेक जलबिद्युत, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि आज खुम्चिएका छन् ।
नेप्सेमा आज राष्ट्रिय बीमा कम्पनी, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड आदिको शेयर मुल्य उकालो लागेपनि नेपाल फाईनान्स, शुभम पावर लिमिटेड आदिको शेयर मुल्य ओरालो लागेका छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनी, अपी पावर लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् ।
प्रतिक्रिया