विष्णु सरस्वती फाउन्डेसन र मलेसियाको तारा फाउन्डेसनबिच शैक्षिक सम्झौता

काठमाडौं । नेपालको विष्णु सरस्वती फाउन्डेसन तथा मलेसियाको तारा फाउन्डेसनबिच नेपालका असहाय तथा विपन्न बालबालिकाहरूको शैक्षिक , प्राविधिक सिप विकास गर्दै हिन्दु धर्म संस्कृतिको अभिवृद्धि गर्ने उद्देश्य ले एक सम्झौता सम्पन्न भएको छ ।
आज भाद्र ३ गते सम्पन्न उक्त सम्झौतामा विष्णु सरस्वती फाउन्डेसन तथा तारा फाउन्डेसन बिच हस्ताक्षर भएको छ । सम्झौता अनुसार चाँडै नै एक कार्यदल बनाई नेपालका विभिन्न क्षेत्रका विपन्न तथा प्रतिशाली बालबालिकाहरूको क्षमता अभिवृद्धिका लागि ठोस कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा तारा फाउन्डेसनका प्रतिनिधिले बालबालिकाहरूको धार्मिक , सांस्कृतिक चेतना अभिवृद्धिका साथै आधुनिक प्राविधिक ज्ञान दिलाई सक्षम नागरिक बनाउनु यो कार्यक्रमको उद्देश्य भएको बताए । यसै गरी विष्णु सरस्वती फाउन्डेसनले पुनित उद्देश्यले सुरु गर्न लागिएको यो कार्यले पूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया