आइतबार तेल अभिभमा भएको विस्फोट ‘आतङ्ककारी हमला’

जेरुसेलम । इजरायली प्रहरीले तेल अभिभमा अघिल्लो रात भएको ‘शक्तिशाली’ विस्फोट ‘आतङ्ककारी हमला’ भएको र त्यसमा एक जना घाइते भएको र थप सतर्कता अपनाइएको बताएको छ ।
‘यो एउटा शक्तिशाली विष्फोटक पदार्थको विष्फोट गराई भएको ‘आतङ्कवादी हमला’ थियो,’ बलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आइतबार अधिकारीहरूले तेल अभिभको व्यापारिक केन्द्रमा भएको विस्फोटमा एक व्यक्तिको मृत्यु भएको बताएका थिए ।
‘विस्फोटका कारण एक जना पैदल यात्री सामान्य घाइते भएका छन्’, प्रहरीले भनेको छ, ‘अधिकारीहरूले सावधानीकोस्तर बढाउन र तेल अभिभ क्षेत्रमा व्यापक खानतलासी गर्न’ आदेश दिएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजामा १० महिनाभन्दा लामो युद्धपछि युद्धविरामका लागि दबाब दिन तेल अभिभ पुगेको केही समयपछि आइतबार राति उक्त विस्फोट भएको हो ।
इजरायल–हमास युद्ध सुरु भएयता नवौं क्षेत्रीय भ्रमणमा रहेका ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र इजरायलका अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको छ ।
प्रतिक्रिया