मंगलबार, वैशाख ३०, २०८२

छवटा संसदीय समितिको बैठक बस्दै

नेपालखोज २०८१ भदौ ५ गते ८:१०

काठमाडौं । संघीय संसदअन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आज कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्न लागेको हो ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्ने छ । महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो ३ः४५ बजे सुरु हुनेछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवाले जनाएको छ ।

प्रतिक्रिया