शुक्रबार, असार २०, २०८२

सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपालखोज २०८१ भदौ ५ गते ११:२६

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको हो ।

मङ्गलवार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।मङ्गलवार तोलामा १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया