मंगलबार, वैशाख १६, २०८२

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालखोज २०८१ भदौ ५ गते १२:०३

पर्सा । वीरगंज महानगरपालिका–१४ स्थित सडकमा परवानीपुरबाट वीरगंजतर्फ जाँदै गरेको बाग्मती प्र.०३–००१ ख ३२३८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको गएराति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया