शुक्रबार, असार २०, २०८२

जासुसीको आरोपमा चिनियाँ नागरिक अमेरिकामा परे पक्राउ

नेपालखोज २०८१ भदौ ६ गते १४:४३

शिकागो । अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध जासुसीको अभियोगमा मुद्दा दायर गरेका छन् ।

अमेरिकामा बस्ने ६७ वर्षीय युआनजुन ताङले चीनको गुप्तचर एजेन्सीका लागि काम गरेको आरोपसहित मुद्दा दायर गरिएको हो । ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको थियो । उनीमाथि एफबीआईविरुद्ध गलत बयान दिएको आरोप पनि लागेको छ ।

बुधवार जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी न्याय विभागले भनेको छ, ‘ताङलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ ।’

ताङमाथि ई-मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाटलगातार सन्देश पठाएको आरोप छ । यसबाहेक, उनले लगातार चिनियाँ सुरक्षा गुप्तचर अधिकारीबाट निर्देशनहरू प्राप्त गर्दै आएको पनि अभियोग पत्रमा उल्लेख रहेको बीबीसीले समाचार लेखेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया