शुक्रबार, असार २०, २०८२

तीन दिन मैं कहाँबाट आयो झण्डै ६७ अर्ब ?

नेपालखोज २०८१ भदौ ७ गते १२:१४


काठमाडौं । यस साता सेयरबजार परिसुचक नेप्से दुई हजार नौं सय ७४ दशमलव ४६ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ३३ दशमलव ८६ बिन्दुुमा चढेको छ ।

यस साता धितोपत्र बजारमा तीन सय ३७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार सात लाख ३१ हजार छ सय ९२ पटकको कारोबारमा १४ करोड ७८ लाख ८१ हजार छ सय ९७ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ६६ अर्ब ९० करोड ४० लाख २३ हजार दुई सय ५३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै कम हो ।
गत साता धितोपत्र बजारमा तीन सय ३९ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार १३ लाख ५५ हजार चार सय ७४ पटकको कारोबारमा २९ करोड ८१ लाख ७३ हजार ५८ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम एक खर्ब २७ अर्ब ९२ करोड ५५ लाख ९९ हजार दुई सय ७६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा तीन कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन ओरालो लागेको शेयर बजार परिससुचक नेप्से चौंथो र पाँचौं दिन भने उकालो लागेको थियो । दोस्रो र तेस्रो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो दिन बजार परिसुचक ३४ दशमलव ४७ अंकले ओरालो लागेर दुई हजार नौं सय ६६ दशमलव ३३ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६५ अंकले ओरालो लागेर पाँच सय २८ दशमलव ८५ बिन्दुमा झरेको थियो । चौंथो कारोबार दिन भने बजार परिसुचक दुई दशमलव ११ अंकले उकालो लागेर २९ सय ६८ दशमलव ४४ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २५ अंकले उकालो लागेर पाँच सय ३० दशमलव ११ बिन्दुमा चढेको थियो । यसैगरी पाँचौं कारोबार दिन पनि बजार परिसुचक छ दशमलव शुन्य एक अंकले उकालो लागेर दुई हजार नौं सय ७४ दशमलव ४६ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७५ अंकले उकालो लागेर पाँच सय ३३ दशमलव ८६ बिन्दुमा चढेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन रि इन्स्योरेन्स कम्पनी, शाईन रेसुंगा डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरु परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा हिमालयन रि इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी लगायतका संस्थाहरु परेका छन् । बजार पुंजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

दैनिक सेयर कारोबार तालिका

दिनकम्पनी संख्याकारोबार संख्याकित्ता संख्याकारोबार रकम
पहिलाे दिन३३०३००९१८६५४७५३६६२८८३६९९७३७६.१२
दोस्रो दिनसार्वजनिक बिदा   
तेस्रो दिनसार्वजनिक बिदा   
चौंथो दिन३३७२१४३१९४१४५४६१११८९०६३७३७९२.०१
पाँचौं दिन३३३२१६४५५४०९५१७२०१९१६०६५२०८५.५६
कुल ७३१६९२१४७८८१६९७६६९०४०२३२५३.६९

  (श्रोतः नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया