ओमानका विदेशमन्त्री नेपाल भ्रमणमा आउने

नेपालखोज २०८१ भदौ ९ गते १८:५८

काठमाडौं । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि भोलि मङ्गलबार यहाँ आउँदै छन् ।

उनी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि (भदौ १० र ११ गते) काठमाडौं आउन लागेका मन्त्रालयले जनाएको छ ।

भ्रमणका दौरान दुई विदेश मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने छन् । उनी भदौ ११ गते काठमाडौंबाट स्वदेश फर्किने कार्यतालिका छ । रासस

प्रतिक्रिया