मंगलबार, वैशाख १६, २०८२

सामान्य घट्यो सुनचाँदीको मूल्य

नेपालखोज २०८१ भदौ १० गते ११:०५

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार मात्र १ सय रुपैयाँ घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि सामान्य घटेर १ हजार ८४० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया