मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाउने रास्वपाको निर्णय

नेपालखोज २०८१ भदौ ११ गते १२:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको छ ।

मंगलबार बसेको केन्द्रिय कमिटि बैठकले ढकाललाई पूर्णरुपमा पार्टीबाट हटाएको रास्वपाका एक पदाधिकारीले जानकारी दिए।

पार्टीको हितविपरित कामकारवाही गरेको भन्दै ढकाललाई यस अघि पार्टीले पटक पटक स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया