सोमबार, वैशाख २९, २०८२

विराटनगरमा निकालिएको परम्परागत राधाकृष्ण रथयात्रा

नेपालखोज २०८१ भदौ ११ गते १७:३६

विराटनगर । वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा निकालिने परम्परागत रथयात्रा यसबर्षपनि भव्य रुपमा निकालिएको छ ।

ज्ञानयोग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको रथयात्रा वि. सं. १९८८ देखि विराटनगरवासीले प्रत्येक वर्षश्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगर वडा नं. १ पोखरिया स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडी सहितको रथयात्रा निकाल्ने परम्परा रही आएको छ ।

रथ तान्ने डोरी छोएमा आफुले गरेको पापबाट मुक्ति पाइने भएकाले डोरी छुन भक्तजनहरु बीच तछाडमछाड नै हुने गर्दछ । विगत ९३ वर्षदेखि मनाइदै आएकोे विराटनगरको राधाकृष्णको रथयात्रालाई पुर्व कै प्रमुख पर्वका रुपमा लिने गरिन्छ ।

करिब ९ किलोमिटरको दुरी पार गरी पुनः सोही मन्दिरमा र्फकने गरेको सो रथयात्रामा नेपाल र भारतका विभिन्न ठाँउबाट आएका हजारौं दर्शनार्थीहरु सहभागि भएका छन् । रथयात्रामा र्सवसाधारणलाई पूजापाठ गर्न सजिलो होस् भनेर रथलाई तीनपैनी, महानगरपालिका चोक, गोल्छा चोक लगायत बिभिन्न स्थानमा रोक्ने गरिन्छ ।

रथयात्रालाई सुरक्षित र सभ्य बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब ११ सय सुरक्षाकर्मीहरु पोशाक र विना पोशाकमा परिचालन गर्नुका साथै ड्रोनबाट निगरानी गरिएको छ ।

प्रतिक्रिया