प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची

नेपालखोज २०८१ भदौ १२ गते ७:५६

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने बैठकमा विशेष दुई कार्यसूचीमा राखिएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, सांसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया