एकीकृत समाजवादीकाे महिला उपाध्यक्षमा रामकुमारीलाई पराजित गर्दै जयन्ती राई निर्वाचित

नेपालखोज २०८१ भदौ १२ गते ८:०८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ परिणाम सार्वजनिक भएको छ ।

महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । रामकुमारी झाँक्री पराजित गर्दै जयन्ती राई निर्वाचित भएकी हुन्

यसैगरी मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसहमत चुनिएका थिए ।

प्रतिक्रिया