वर्किङ भिसा प्राप्त गर्न सजिला देशहरू

धेरै नेपालीहरू कामका लागि विदेश जान चाहन्छन् । यो त्यस्ता देशहरूको सूची हो जहाँ वर्किङ भिसा प्राप्त गर्न अन्य देशहरूको तुलनामा सहज छ ।
क्यानाडा
अध्यागमन नीतिको सन्दर्भमा क्यानाडा संसारको सबैभन्दा लचिलो देशहरू मध्ये एक हो। क्यानाडाले प्रत्येक वर्ष दक्ष आप्रवासी कामदारहरूलाई ठूलो मात्रामा वर्किङ भिसा प्रदान गर्दछ जसमा नेपालीहरु पनि हुन्छन् ।
अस्ट्रेलिया
अष्ट्रेलियाको जनरल स्किल्ड माइग्रेसन कार्यक्रम विदेशका दक्ष कामदारहरूलाई आकर्षित गर्न नै डिजाइन गरिएको हो ।अस्ट्रेलियामा हरेक वर्ष करिब दुई लाख मानिसलाई कामका लागि परिवारसहितको बसोबास भिसा दिइन्छ। हालैका वर्षहरूमा यस्तो भिसा लिने नेपालीहरुको संख्या बढदै गएको छ।
जर्मनी
जर्मनीमा दक्ष कामदारको माग ठुलो छ । त्यहाँ आईटी, इन्जिनियरिङ तथा स्वास्थ्य क्षेत्रमा दक्ष व्यक्तिका लागि अनेकन अवसर छन् र यसका लागि धेरै प्रकारका भिसा उपलब्ध गराईन्छ । त्यहाँ उच्च प्रतिभाशाली व्यक्तिहरूका लागि ईयुको (EU ) को कार्ड पनि उपलब्ध हुनसक्छ ।
न्युजिल्याण्ड
अष्ट्रेलिया जस्तै न्यूजिल्याण्डमा पनि हरेक वर्ष देशको अर्थतन्त्रलाई आवश्यक पर्ने सीपहरुको सूची सार्वजनिक हुन्छ । यसका आधारमा त्यहाँ वर्षेनी वर्किङ भिसा जारि गरिन्छ । नेपालीहरुले पनि यो भिसाका लागि आवेदन दिन सक्छन् ।
सिङ्गापुर
बलियो अर्थतन्त्र र विदेशीहरूका लागि अनुकूल वातावरणको लागि परिचित सिङ्गापुरले रोजगारी पास, एस पास, वर्क हलिडे पास तथा प्रशिक्षण रोजगार पास सहित विभिन्न प्रकारका वर्किङ भिसा प्रदान गर्दछ।
आयरल्याण्ड
विदेशबाट दक्ष कामदारहरूलाई स्थानीय अर्थतन्त्रमा आकर्षित गर्न आयरल्यान्डमा क्रिटिकल स्किल्स रोजगार अनुमतिहरू जारी गरिन्छ। यसबाट स्थायी नागरिकता पनि प्राप्त गर्न सकिन्छ ।
संयुक्त अरब इमिरेट्स
यूएई लामो समयदेखि नेपालीहरूका लागि आकर्षक विकल्प भएको छ। सजिलो भिसा नियमले नेपालीहरूलाई दुबईमा जान र काम गर्न सजिलो बनाउँछ।
नेदरल्याण्ड्स
नेदरल्याण्ड पनि विदेशमा काम गर्न चाहने नेपालीहरूका लागि एउटा विकल्प हो जसले काम तथा व्यापार भिसा प्रस्ताव गर्दछ।
प्रतिक्रिया