एकीकृत समाजवादीकाे केन्द्रीय कमिटीको बैठक बस्दै, यस्ताे छ एजेन्डा

नेपालखोज २०८१ भदौ १३ गते ६:४४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने छ ।

आजकाे बैठकमा पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गरिने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा नेताहरूको योगदान, कार्यक्षमताका आधारमा स्थायी समिति, सचिवालय गठनलगायत विषयमा छलफल गरी केही नेताहरुको जिम्मेवारी हेरफेर गरिने उनले बताए ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

केन्द्रीय पदाधिकारीमा निर्वाचित हुन नसकेका नेतालाई व्यवस्थापन गर्ने, केही नेताहरुलाई विभाग तथा आयोगमा समेट्ने जनाइएको छ ।

प्रतिक्रिया