संसदीय सुनुवाइ समितिले गर्‍याे सिफारिस भएका राजदूतहरुविरुद्ध उजुरी दिनेसँग छलफल 

नेपालखोज २०८१ भदौ १४ गते १७:५३

काठमाडाैं । संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरुविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले पाँचजना उजुरीकर्तासँग छलफल गरेको हो ।

उजुरीकर्तासँगको छलफलपछि अब भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिए ।

प्रस्तावित राजदूतहरुविरुद्ध ९ वटा उजुरी परेकोमा उजुरीकर्ता उज्जलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुईकेल र अर्का एकजनाले आफ्नो उजुरीको औचित्य पुष्टि गरेको उनले बताए ।

राजदूतको सुनुवाई सकिएपछि २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने समितिले जनाएको छ । सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया