आइतबार, वैशाख २८, २०८२

शनिबार कोशी प्रदेशसभा बैठक बस्ने

नेपालखोज २०८१ भदौ १४ गते २१:२३

विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक शनिबार १ बजे बस्ने भएको छ ।

गएको असार ८ गते बसेको १३औँ बैठकपछि अर्को सूचना जारी नभएसम्म बैठक स्थगन भएको सभामुख अम्वरबहादुर विष्टले जानकारी दिएका थिए ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

प्रतिक्रिया